बीमाका लागि १० अर्ब रुपैयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने

डिसी नेपाल
२३ माघ २०८२ १४:३६
64
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रकम छुट्टाएको बताएकी छन्। शुक्रबार उनले नेपाल सरकारले बीमाको लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको भन्दै वार्षिक बजेटको परिधिभित्र रहेर नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘मन्त्रीको जिम्मा लिएपछि तितामिठा सबै कुरा गर्नुपर्ने रहेछ। मिठा मिठा कुरा मैले सकाएँ, अर्को कुरा बीमाको पैसाको कुरा आउँछ। धेरै पैसा बाँकी छ। स्वास्थ्य मन्त्रालयले दिएको छैन् भन्ने कुरा आएको छ। तर सरकारले बीमालाई आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको हो । त्यो हाम्रो वार्षिक बजेट हो । वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्योभन्दा बाहिर जान मिल्दैन।’

यस्तै, उनले बीमा बोर्डले स्रोत सहमती र सुनिश्चित नगरी रकम खर्च गर्दै २४ अर्बको वार्षिक दायित्व हुनेगरि काम गरिरहेकाले पैसा जनताको करबाट नै आएको बताइन्।
उनले भनिन्, ‘बीमा बोर्डले स्रोत सहमति पनि नलिई, स्रोत सुनिश्चित पनि नगरि खर्च गर्दा दायित्व यति भयो कि २४ अर्बको वार्षिक दायित्व हुनेगरि खर्च भइरहेको छ। यसमा सरकारले पैसा कहाँबाट ल्याउँछ भन्ने प्रश्न उठेको हुनसक्छ । त्यो पैसा तपाई हाम्रै हो। विपन्न मान्छेले रगत पसिना गरेर कमाएको पैसाले तिरेको करले नेपाल सरकारले त्यो सेवा दिने हो। सरकार आफैंले कुनै रुखबाट त रकम ल्याउँदैन।’

करबाट प्राप्त पैसाको सदुपयोग कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने ठाँउमा नेपालीहरु सरकारले दिन्छ भनेर ढुक्का भएर बसेको पनि उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *