अनलाइन टिभी मिडियाहरूलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक : मन्त्री खरेल

डिसी नेपाल
६ पुष २०८२ १७:५३
20
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताएका छन्

आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताउँदै यसमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए

उनले भने,‘अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक चाँही छ यसले सरकारलाई भन्दापनि तपाईहरुलाई नै फाइदा हुन्छ सरकारले नीतिगत रुपमा सुधार गरेर नै अनलाइन टिभी मिडियाहरुसँग सरकारले सहकार्य गर्नेछ

त्यस्तै उनले सबै अनलाइ मिडियाहरुलाई चाँडो दर्ताको प्रकृयामा आउन आग्रह गरे

राज्यले केही न केही रुपमा सहयोग गर्नको लागि पनि दर्ता गर्नुपर्यो राज्यले चिन्नु त पर्यो नि यो छिटो गरौं,’ उनले भने

उनले अनलाइन टिभी मिडिया न्यु मेन स्ट्रिम मिडिया भएको बताउँदै मेन स्ट्रिम मिडियाले देश र जनताको लागि ठूलो सहयोग गरेको धारणा राखे

अनलाई टिभी मिडियालाई नयाँ मूलधारको मिडिया भनेर एउटा शब्द राख्न उनले सुझाए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.