कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण

डिसी नेपाल
७ पुष २०८२ २१:४१
20
Shares

महेन्द्रनगर। कञ्चनपुर कारागार घटनापछि आज बेलुकी कारागारका नाइकेसहित १३ कैदी अन्यत्र स्थानान्तरण गरिएको छ।

गत शुक्रबार कैदीबन्दीले नाइके चौकीदारले आफूहरुले पाउने सेवा सुविधामा आर्थिक चलखेल गरेको र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएर विवाद भएपछि झडपको स्थिति सिर्जना भएको थियो।

कञ्चनपुरका प्रहरी प्रमुख खडक खत्रीले यहाँको कारागारबाट कारागारका नाइके प्रकाश मल्लसहित १३ जना कैदीलाई दाङ र नेपालगञ्ज कारागारमा स्थानान्तरण गरिएको जानकारी दिए।

कैदीबन्दी र नाइकेबीचको विवादपछिको झडपमा आठ जना कैदीबन्दी घाइते भएका थिए जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन समिति गठन गरेको छ

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन् घटनाको विस्तृत छानबिनपछि समितिले प्रतिवेदन पेस गर्नेछ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.