आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक

डिसी नेपाल
८ पुष २०८२ १३:३२
44
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ। उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ।

क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ। नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो। नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन्।

आगामी जनावरी १४ तारिखदेखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, नामिबिया, बंगलादेश, अमेरिका तथा पपुवा न्यूगिनी छन्। प्रतियोगिताको खेल मूलपानी क्रिकेट मैदान र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।

नेपालले आफ्नो पहिलो खेल आगामी जनवरी १८ तारिखमा थाइल्यान्डसँग खेल्दै प्रतियोतिगाको उद्घाटन गर्नेछ। उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस प्रतियोगितामा सहभागी दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा छनोट हुनेछन्। त्यस सुपर सिक्सबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.