कमल थापा प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं-५ र बाँके-२ बाट सिफारिस

डिसी नेपाल
८ पुष २०८२ १६:५४
28
Shares

काठमाडौं । आउँदो फागुन २१ गतेका लागि हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको नाम काठमाडौं-५ बाट एकल सिफारिस भएको छ।

राप्रपा नेपाल काठमाडौं-५ को आज बसेको क्षेत्रीय कार्य समितिको बैठकले थापाको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए।

आजको बैठकबाट समानुपातिकमा जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस भएको छ।

यसै गरि आज नेपालगन्जमा बसेको पार्टी कमिटीले बैठकले बाँके-२ बाट पनि थापाको नाम सर्वसम्मत सिफारिस भएको बाँके जिल्ला अध्यक्ष दीपेन्द्र बहादुर सिंहले जानकारी दिए। उम्मेदवारहरूको नामावली सिफारिस देशब्यापी रुपमा भइरहेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.