कमल थापा प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं-५ र बाँके-२ बाट सिफारिस
काठमाडौं । आउँदो फागुन २१ गतेका लागि हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको नाम काठमाडौं-५ बाट एकल सिफारिस भएको छ।
राप्रपा नेपाल काठमाडौं-५ को आज बसेको क्षेत्रीय कार्य समितिको बैठकले थापाको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए।
आजको बैठकबाट समानुपातिकमा जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस भएको छ।
यसै गरि आज नेपालगन्जमा बसेको पार्टी कमिटीले बैठकले बाँके-२ बाट पनि थापाको नाम सर्वसम्मत सिफारिस भएको बाँके जिल्ला अध्यक्ष दीपेन्द्र बहादुर सिंहले जानकारी दिए। उम्मेदवारहरूको नामावली सिफारिस देशब्यापी रुपमा भइरहेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment