वैभव सूर्यवंशीले तोडे ३९ वर्ष पुरानो रेकर्ड

डिसी नेपाल
९ पुष २०८२ १२:५४
848
Shares

काठमाडौं । विजय हजारे ट्रफीमा अरुणाचल प्रदेश विरुद्ध वैभव सूर्यवंशीले केवल ३६ बलमा शतक प्रहार गर्दै लिस्ट ए क्रिकेटमा शतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् । वैभवले पाकिस्तानका जहूर इलाहीको ३९ वर्ष पुरानो विश्व कीर्तिमान तोडेका छन्।

१९८६ मा विल्स कपको क्रममा पाकिस्तान अटोमोबाइल्सको लागि रेलवे विरुद्ध खेल्दै जहूर इलाहीले लिस्ट ए क्रिकेटमा शतक बनाएका थिए। त्यतिबेला उनी केवल १५ वर्ष २०९ दिनका थिए। वैभवले अब १४ वर्ष २७२ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका छन् र शतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।

अष्ट्रेलियाका ज्याक फ्रेजर-म्याकगर्कले २०२३ मा दक्षिण अष्ट्रेलियाको लागि खेल्दा २९ बलमा शतक बनाएका थिए। दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले वेस्ट इन्डिज विरुद्ध ३१ बलमा शतक बनाएका छन्।

भारतीय ब्याट्सम्यानद्वारा लिस्ट-ए क्रिकेटमा सबैभन्दा छिटो शतकको रेकर्ड अनमोलप्रीत सिंहको नाममा छ, जसले २०२४ मा अरुणाचल प्रदेश विरुद्ध पञ्जाबका लागि मात्र ३५ बलमा शतक बनाएका थिए।

वैभव सूर्यवंशीले अरुणाचल प्रदेश विरुद्ध ३६ बलमा शतक प्रहार गरेर अनमोलप्रीतपछि दोस्रो स्थानमा पुगे । यस उत्कृष्ट सूचीमा युसुफ पठान (४० बल, २०१०), उर्विल पटेल (४१ बल, २०२३), र अभिषेक शर्मा (४२ बल, २०२१) पनि छन्, जसले आफ्नो विस्फोटक ब्याटिङले लिस्ट ए क्रिकेटमा इतिहास रचेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.