अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

डिसी नेपाल
१० पुष २०८२ २२:०८
12
Shares

जनकपुर। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच भेटवार्ता भएको छ।

आज जनकपुरधामस्थित मधेस भवनमा भएको भेटवार्तामा मधेस प्रदेशका मुख्यमन्त्री यादवले अर्थमन्त्री खनालसँग मधेस प्रदेशलाई सङ्घीय सरकारले दिँदै आएको अनुदान रकम बढाउन माग गरे। मधेस प्रदेशमा मानव सूचकाङ्क कमजोर रहेकाले सोही आधारमा अनुदान रकम बढाउनुपर्नेमा उनको जोड थियो।

त्यस अवसरमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको एमबिबिएसको कार्यक्रममा सङ्घ सरकारले दिनुपर्ने आर्थिक अनुदान नदिएको विषयमा अर्थमन्त्री खनाललाई ध्यानाकर्षण गराइएको थियो। एमबिबिएस कार्यक्रम सञ्चालनमा वार्षिक रु २० करोड खर्च हुँदै आएको छ।

अर्थमन्त्री खनालले प्रदेश सरकारबाट प्रदेशको आर्थिक विकास तथा समृद्धिका लागि व्यक्त भएको चिन्ताप्रति सङ्घ सरकार सकारात्मक भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.