रंगमन्चमा उत्साह, व्यवसायिकतामा चुनौती

डिसी नेपाल
१७ पुष २०८२ ११:४८
16
Shares

काठमाडौं। पछिल्लो समय नेपालमा नाटक अर्थात रंगमन्च क्षेत्र रोजाइमा छ। नाटक लेखनदेखि रंगमन्च निर्माणमा उल्लेख्य भूमिका खेलेका वालकृष्ण समको समयदेखि नेपालमा नाट्य क्षेत्र चर्चामा छ। चलचित्र आउनुभन्दा अगाडिदेखि डबलीमार्फत नाटक मञ्चन गर्ने चलन थियो। पछिल्लो समय सिनेमा हल छिर्ने दर्शकहरु रंंगमन्चतिर सोझिन थालेका थिए।

समाज डोहोर्याउने खँदिला विषयबस्तु पस्किएका रंगकर्मीहरुले नेपाली मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि आफूलाई उपस्थित गराउँदै आएका छन्। व्यवसायिक रुपमा उल्लेख्य प्रगति नगरेपनि रंगमन्चमा लगानी र आकर्षण भने बढ्दो छ।

आरोहण गुरुकुल, सर्वनाम थिएटर, शैली थिएटर, शिल्पी थिएटर, पुरानो घर थिएटर, कीर्तिपुर थिएटर, कौशी थिएटर लगायतका नाटकघर काठमाडौमा चल्तीमा छन् । काठमाडौं वाहिरपनि नाटकघर खुलेका छन् । जसका कारण नाटकप्रति आकर्षण बढ्दो छ।

यद्यपि, सन् २०२५ रंगमन्चका लागि उत्तिसारो फलिफाप रहेन् । कोभिड महामारीपछि लयमा फर्किदै गएको नेपाली समाजमा अस्थितर राजनीतिका कारण केही असहज परिस्थिति निर्माण भयो जसले रंगमन्च क्षेत्रपनि प्रभावित भएको देखिन्छ । वितेको वर्ष ‘कर्तव्य’, ‘जब फूलले आकार लिन्छ..’‘हराएको कुकुर’, ‘न्यायको सपना’, ‘बहादुरपुरको दन्त्यकथा’, ‘मिलारेपा’ जस्ता नाटकहरु चर्चामा रहे ।

अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५ मा ‘उम्लिँदो खरानी र लेम्लेम्मा’, ‘काण्डता र शकुन्तला’ र ‘मिलारेपा’ शिर्षकको नाटकहरु प्रस्तुत भए । यसमध्य ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ नाटक पितृसत्तात्मक सोच र परम्परा परिवर्तनको विषयमा आधारित सामाजिक नाटक हो ।

अभिनेत्री पशुपति राईको परिकल्पना तथा निर्दशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन भएको हो । ४० भन्दा बढी नाटकहरूमा उनको उल्लेखनीय अभिनयहरू बाघभैरव, मास्टर बिल्डर, ओडिपस र एन्टिगोन समावेश छन् ।

नेपालको रंगमञ्चको परिदृश्यले समृद्ध सांस्कृतिक सम्पदा र विकसित हुँदै गइरहेको समकालीन परिदृश्यलाई प्रतिबिम्बित गर्दछ । गाइजात्रा प्रदर्शन र दोहोरी जस्ता लोक परम्पराहरूमा जरा गाडेको नेपाली रंगमञ्च सामाजिक संवादको लागि एक मञ्चको रूपमा विकसित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.