चेकिङका क्रममा ट्राफिक प्रहरीलाई घिसारेर भाग्ने कार चालक पक्राउ

डिसी नेपाल
१९ पुष २०८२ १९:२७
3.4k
Shares

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-५, गर्दोई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेका छन्।

बिहीबार राति पौने ८ बजे हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित सडकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको टोलीले नियमित चेकजाँच गरिरहेकोमा आचार्यले ट्राफिक प्रहरीलाई घिसारेर घाइते बनाएका थिए।

ट्राफिक प्रहरीले ‘ब्रेथलाइजर’ मेसिन प्रयोग गरी मापसे चेक गर्न खोज्दा चालकले एक्कासी कारको सिसा बन्द गरी गाडी भगाएका थिए। सो क्रममा ब्रेथलाइजरसहित ड्युटीमा रहेका प्रहरी जवान कारमा अड्किएर करिब १० मिटर घिसारिँदा गम्भीर घाइते भएका थिए।

फरार कारको खोजी गर्ने क्रममा प्रहरीले शुक्रबार चितवनको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको कार फेला पारेको थियो। प्रहरीले सोही स्थानबाट चालक आचार्यलाई समेत नियन्त्रणमा लिएको हो।

चालक र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.