भेनेजुएलामाथि अमेरिकी आक्रमण नाङ्गो हस्तक्षेप हो : नारायणकाजी श्रेष्ठ

डिसी नेपाल
२० पुष २०८२ ८:२२
64
Shares

काठमाडौं। वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको घटनाको कडा निन्दा गरेका छन्।

उनले उक्त घटना स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो आक्रमण भएको बताएका छन्।

‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला माथि गरेको बर्बर आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनका श्रीमतीलाई कब्जामा लिएको घटना एउटा स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डता माथिको नाङ्गो आक्रमण हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेता श्रेष्ठले अमेरिकाले कार्यले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन गरेको भन्दै तीव्र भत्र्सना समेत गरेका छन्। उनले यस प्रकारका घटनाले विश्व शान्ति र अन्तर्राष्ट्रिय मर्यादामाथि गम्भीर चुनौती सिर्जना गरेको चेतावनी दिएका छन्।

उनले संयुक्त राष्ट्रसंघलगायत सबै अन्तर्राष्ट्रिय संस्था र विश्व समुदायलाई उक्त घटनाको विरुद्ध अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। साथै, राष्ट्रहरूको सार्वभौमिकता, भौगोलिक अखण्डताको रक्षा र विश्व शान्तिको पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा उनले जोड दिएका छन्।

श्रेष्ठले अन्तर्राष्ट्रिय कानुन र बहुपक्षीय व्यवस्थाको सम्मान बिना विश्वमा स्थायी शान्ति सम्भव नहुने धारणा पनि व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.