सुनको मूल्य बढ्यो
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज २५ सय रुपैयाँले सुनको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment