एमाले सचिवालय बैठक जारी, आठवटा एजेण्डामा छलफल
काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेकाे छर केन्द्रीय कार्यालय, च्यासलमा जारी बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल भइरहेकाे सविच महेश बस्नेतले जानकारी दिए।
राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच निरन्तर छलफल भइरहेको छ।
उनका अनुसार बैठकमा राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन, घोषणा-पत्र तयारी समिति गठन, निर्वाचन परिचालन समिति गठन, निर्वाचन केन्द्रित भूगोलको कार्यविभाजन, युवा केन्द्रित निर्वाचन परिचालन रणनीति रहेका छन् । यो बैठकपछि एमाले प्रतिनिधिसभाको निर्वाचनमा होमिने देखिएको छ।

यस्तै, संशोधित विधानअनुसार बागमती प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी, सम्पर्क विशेष संगठन कमिटी गठन गर्ने कार्यसूची पनि छ। पार्टी नियमावलीमा संशोधन र नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन गर्नेबारे पनि छलफल भइरहेको उनले बताए।
त्यस्तै नेताहरूको कार्यविभाजनबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ । देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ।







डिसी नेपाल








Facebook Comment