राष्ट्रिय सभा निर्वाचन : १८ पदमा ४४ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

डिसी नेपाल
२३ पुष २०८२ १९:१४
496
Shares

काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १८ पदमा हुने निर्वाचनका लागि बुधबार ४४ जनाले प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दिएका हुन्।

कोसी प्रदेशतर्फको अन्य क्लष्टरमा नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध निर्वाचित भएका छन्। नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएका हेमराज घिमिरे अनुपस्थित भएपछि उनी निर्विरोध भएका हुन्।

राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनेको छ। भागबण्डा नमिल्दा तालमेलको निर्णयबाट पछि हटेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले छुट्टै उम्मेदवारी दर्ता गराएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालसँग लोसपाको एकताको समझदारी भइसकेको छ। सुरुआतमा जसपा नेपाल नै गठबन्धनमा रहने भनिए पनि मधेस प्रदेशमा जसपा नेपालले आफ्ना छुट्टै तीन उम्मेदवार उठाएको छ। जसपा नेपालले महन्थ ठाकुरलाई सहयोग गर्ने छ।



No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *