गोरखा-२ (ख) को उपसभापतिमा विराज भट्ट सर्वसम्मत चयन
गोरखा। नेपाली कांग्रेस गोरखा जिल्ला अन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेशसभा (ख) को उपसभापति पदमा विराज भट्ट सर्वसम्मत निर्वाचित भएका छन्।
सर्वसम्मत चयन भएपछि भट्टले आफूलाई यो जिम्मेवारी सुम्पिने पार्टीका अग्रज नेताहरू, क्षेत्रीय प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
यसअघि नेपाली कांग्रेसको १४औं महाधिवेशनमा निर्वाचन प्रक्रियामार्फत सहसचिव पदमा विजयी भएका भट्टले सो कार्यकालको अनुभव, कार्यकर्ताको विश्वास र अग्रजको मार्गदर्शनलाई नयाँ जिम्मेवारीमा पूर्ण रूपमा उपयोग गर्ने बताएका छन्।
भट्टका अनुसार यो पद व्यक्तिगत उपलब्धि मात्र नभई संगठनप्रतिको ठूलो दायित्व हो। आगामी दिनमा संगठनभित्र एकता, सहकार्य र आपसी संवादलाई प्राथमिकता दिँदै पार्टीका सबै तहका कार्यकर्ताको सुझाव र भावना अनुसार अघि बढ्ने उनले प्रतिबद्धता जनाए।
विशेषगरी युवा पुस्ताको सक्रिय सहभागिता, कार्यकर्ताको क्षमता अभिवृद्धि र जनतासँग पार्टीको सम्बन्धलाई अझ मजबुत बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहने उनको भनाइ छ।
“पदभन्दा सङ्गठन, व्यक्तिभन्दा पार्टी र स्वार्थभन्दा जनताको हितलाई माथि राखेर म इमानदारीपूर्वक काम गर्नेछु,” भट्टले भने। उनले नेपाली कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध, गतिशील र जनमुखी बनाउने अभियानमा निरन्तर सक्रिय रहने संकल्प व्यक्त गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment