रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ मा

डिसी नेपाल
१४ असोज २०८३ १३:५८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोज १७ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौँको वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा बस्ने तय भएको छ। असोज १७ गते दिउँसो ३ बजे बस्ने उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि सबै केन्द्रीय समिति सदस्यहरूलाई पत्राचार तथा अनुरोध गरिएको छ।

पार्टीले बैठकको औपचारिक कार्यसूची (एजेन्डा) भने सार्वजनिक गरेको छैन। यद्यपि, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले नियन्त्रणमा लिएपछि उत्पन्न परिस्थितिका विषयमा बैठकमा गहन छलफल हुने बताइएकाे छ।

जबराको पक्राउलाई लिएर राजनीतिक तथा कानुनी वृत्तमा चौतर्फी विरोध भइरहेका बेला रास्वपा सभापति रवि लामिछानेले समेत सरकारको यस कदमप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

यसका साथै, पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको सागठनिक सुदृढीकरण, आगामी रणनीति तथा समसामयिक राष्ट्रिय मुद्दाहरूका विषयमा पनि बैठकमा समीक्षा हुने स्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *