विशेष महाधिवेशनकाे विपक्षमा डा.शेखर कोइराला

डिसी नेपाल
२२ पुष २०८२ १२:५१
9.7k
Shares

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन्।

उनले भने, ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्नेछ। यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए। उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन्। यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ।’

मंगलबार उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरुको समूहसँग छलफल गरेका थिए। उक्त भेटघाटमा डा.कोइरालाले सबैको मनोभावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले बिशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेका समेत बताए।

उनले फरक प्रशंगमा उनले नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए। गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुइ चार सिट बढी आउँला तर समानुपातिका मत घट्ने र कांग्रेसलाई दिर्घकालिन हानी हुने बताए। आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जानुपर्ने कुरामा आफू स्पष्ट भएको बताए।

भेटमा ३० जान केन्द्रीय सदस्यहरुको समूहको तर्फबाट बोल्दै केन्द्रीय सदस्य पुष्पा भुषालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरुसँग भेट गरेको बताइन्।

उनले आफूहरु कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएकाले समाधानका लागि सबैसँग पहल गरिरहेको बताइन्। उनले मध्यमार्गी बाटो पहिल्याउन डा. शेखर कोइरालालाई आग्रह समेत गरिन्।

अधिकांश केन्द्रीय सदस्यहरुले बिशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्ने जोड दिएका थिए। पार्टीको संस्थापन र बिशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरमा विवादमा फस्दै गएको बताए ।

उनले दुबै पक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने डा.कोइरालालाई सामूहिक आग्रह गरेका थिए। छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.