ओलीलाई चुनावी तालमेल गर्न र घोषणा पत्र बनाउने जिम्मा

डिसी नेपाल
२२ पुष २०८२ १३:४३
144
Shares

काठमाडाैं। नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अन्य दलसंग छलफल गरि उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसंग तालमेल गर्ने सहमति भसकेको भन्दै भट्टले चुनावी तालमेल गर्दा पार्टीले ७ सीट दाबी गरेको बताए।

हरेक प्रदेशमा एकजना पर्ने गरी ७ जनाको प्रतिनिधित्व हुने गरि पार्टी अध्यक्षले उम्मेदवारको टुङ्गो लगाउने उनले बताए। भट्टले राष्ट्रियसभामा मिलेर जाने भन्नेबारे सहमति भएपनि प्रतिनिधि सभाबारे अहिलेसम्म कुनै छलफल नभएको उल्लेख गरे।

बैठकले अध्यक्ष केपी ओलीको संयोजकत्वमा आम निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ भने उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिप भट्टले जानकारी दिए। त्यसैगरि बैठकले पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सवै सदस्यहरुलाई निर्वाचन केन्द्रीत कार्यबिभाजन गरेको उनले बताए।

बैठकमा अध्यक्ष ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैं निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको बताएका थिए।

त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद पुनस्थापना हुन नदिने कार्यमा दबाब दिइरहेको उल्लेख गर्दै उहाले यसले लोकतान्त्रिक मूल्य-मान्यतामाथि गम्भीर प्रश्न उठाएको जिकिर गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.