काठ गोदाममा आगलागी : छिटो नियन्त्रणमा ल्याउँदा मानवीय क्षति भएन

डिसी नेपाल
२२ पुष २०८२ १८:४४
68
Shares

काठमाडौं । सिनामंगलको एक काठ गोदाममा आगलागी भएको छ।

मंगलबार दिउसो काठ गोदाममा लागेको आगोले छेउछाउका घर र विद्यालयमा पनि असर पारेको छ। आगलागीपछि छेउछाउका घरमा पनि सल्किन थालेपछि नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो।

सोही क्रममा एक प्रत्यक्षदर्शीले आगोले नजिकको स्कुल र घरमा प्रभाव पारेपनि मानविय क्षति केही नभएको भन्दै यसलाई सकारात्मक रुपमा नै लिनुपर्ने बताए।

दमकलहरु पनि छिटै नै आएको कारण पनि आगो छिटो नियन्त्रणमा आएको पनि उनको भनाइ छ।

उनले भने, ‘आगोले नजिकको स्कुल र घरमा पनि प्रभाव पारेको छ। तर मानविय क्षति भने केही भएको छैन्। म आइपुग्दा पूरै आगो लागिरहेको थियो, केही सामान भएपनि बचाउन सकिन्छ कि भने थोरै फर्निचरको सामानहरु सारेका छौं। कोही मान्छेलाई असर परेन। त्यही ठूलो कुरा हो। सम्पत्तिको क्षति भन्ने कुरा फेरि जोड्न सकिन्छ। दमकल पनि छिटै नै आएको कारण पनि छिटो आगो नियन्त्रणमा आएको हो।’

गोदाममा भएको क्षति सार्वजनिक भइसकेको छैन। प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.