काठमाडौंका तत्कालीन प्रशासकीय अधिकृत परियारलाई सफाइ

डिसी नेपाल
२२ पुष २०८२ २०:२०
492
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारलाई सफाइ दिएको हो।

महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित सातजनाविरुद्ध गत जेठ २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.