२०७९ मै केवल ४५३ मतले रास्वपा दोस्रो भएको क्षेत्रमा चुनाब लड्ने हर्क साम्पाङको घोषणा

डिसी नेपाल
२३ पुष २०८२ १२:१२
4.9k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट चुनाब लड्ने घोषणा गरेका छन् । साम्पाङले सामाजिक संजालबाट यो घोषणा गरेका हुन् ।

सुनसरी-१ धरान उपमहानगरपालिका रहेकै निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा २०७९ प्रतिनिछि सभा निर्वाचनमा जनता समाजवादीका अशोक राईले मुस्किलले जितेका थिए । एमालेको समर्थन समेत पाएका उनले १७ हजार ५९ मत पाएका थिए ।

यहाँ रास्वपा दोस्रो भएको थियो । रास्वपाकी गोमा तामाङले १६ हजार ६०६ मत पाएकी थिइन् । तामाङ केवल ४५३ मतले राईभन्दा पछि परेकी थिइन् । कांग्रेसको समर्थनमा लडेका माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत पाएर तेस्रो भएका थिए ।

अशोक कुमार राई नै नाम भएका राप्रपाका उम्मेदवारले ७ हजार ८८४ मत पाएका थिए । यहाँ स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्बोले पनि ७ हजार ८१२ मत पाएका थिए ।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारीको घोषणा गर्दै लेखेका छन्,“म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.