१० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

डिसी नेपाल
२४ पुष २०८२ ७:३२
528
Shares

काठमाडौं। नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ। बुधवार राति बढुवा समितिले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो।

नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवा सिफारिसमा परेका छन्। यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी पनि क्रमशः बढुवामा सिफारिस भएका छन्।

यस्तै, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, यागेन्द्र सिंह थापा र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी सुवाचन्द्र बोहरा पनि दशौं नम्बरमा एसएसपीमा बढुवामा सिफारिस भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *