इरानका तीन कमाण्डरको सूचना दिनेले १५ मिलियन डलर पाउने
काठमाडौं । अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको एयरोस्पेस फोर्सका तीन जना कमाण्डरहरूसँग सम्बन्धित जानकारी उपलब्ध गराउने व्यक्तिलाई १५ मिलियन डलर पुरस्कार दिने घोषणा गरेको छ।
बीबीसी फारसीका अनुसार यो घोषणा अमेरिकी परराष्ट्र मन्त्रालयको ‘रिवाड्स फर जस्टिस’ कार्यक्रमअन्तर्गत गरिएको हो।
यी तीन कमाण्डरहरू ब्रिगेडियर जनरल अब्दुल्लाह मेहराबी, अहमद जाफराबादी र अली असगर नौरुजी हुन्।
ब्रिगेडियर जनरल अब्दुल्लाह मेहराबीलाई आईआरजीसीको एयरोस्पेस फोर्सको ‘जिहाद रिसर्च एण्ड सेल्फ-सफिसिएन्सी अर्गनाइजेसन’का प्रमुख बताइएको छ।
अमेरिकी परराष्ट्र मन्त्रालयका अनुसार, अहमद जाफराबादी आईआरजीसीको एयरोस्पेस फोर्सका वरिष्ठ कमाण्डर हुन् र यस बलको सञ्चालनसम्बन्धी व्यवस्थापनका लागि जिम्मेवार छन्।
अमेरिकाले अली असगर नौरुजीलाई ‘रिभोलुसनरी गार्ड्सको रेडीनेस एण्ड सपोर्ट’का डेपुटी डाइरेक्टर बताएको छ।
अमेरिकाले इरानको रक्षा मन्त्रालयसँग जोडिएका १० जना व्यक्ति तथा संस्थाहरूमाथि पनि प्रतिबन्ध लगाएको छ।
अमेरिकी अर्थ मन्त्रालयको ‘अफिस अफ फरेन एसेट्स कन्ट्रोल’ले प्रतिबन्धहरूको सूची जारी गरेको छ, जसमा इरानका अलावा मेक्सिको, चीन र पाकिस्तानका नागरिकहरूको नाम पनि समावेश छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment