ठूलो भाग खोज्दै ‘डबल गेम’ खेल्दा यता न उता भए प्रचण्ड, अन्तिममा हात रित्तै

डिसी नेपाल
२३ पुष २०८२ १३:२४
1.7k
Shares

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमाले वा नेपाली कांग्रेस जुन दलसँग गठबन्धन गर्दा पनि जित्ने सम्भावना आफू मिलेकै पक्षमा हुने देखेपछि दुवै ठूला शक्तिसँग बार्गेनिङ गर्न अघि सरेका नेकपा संयोजक पुष्पकमल दाहाल च्रचण्ड अन्ततः यता न उताका भएका छन् ।

दुई ठूला शक्तिहरु एमाले र कांग्रेसले नै एक आपसमा गठबन्धन गर्ने निर्णय गरेपछि प्रचण्ड एक्लिएका हुन् । यसअघि नै निर्वाचित भइसकेका प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधि मात्र मतदाता हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले र कांग्रेसले गठबन्धन गरेसँगै अब प्रचण्डका उम्मेदवारले जित्ने सम्भावना छैन ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल अहिले उम्मेदवार छनोटका लागि छलफल गरिरहेका छन् । तर, सातवटै प्रदेशमा एमाले र कांग्रेस मिल्दा उनीहरुको बहुमत हुने अवस्थामा नेकपाबाट उम्मेदवारी केवल औपचारिकता मात्रै हुनेछ ।

यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा संयोजक प्रचण्डले दुई ठूला दलसँग समानान्तर कुरा गरेर च्याँखे थापेका थिए । एमाले वा कांग्रेस जुन दलसँग मिल्यो नतिजा उतै जाने स्थिति देखेपछि जसले धेरै दिन्छ उतै मिल्न जाने मनसायका साथ ‘लिलाम बढाबढ’ शैलीमा छलफल गरिरहेका प्रचण्डलाई अन्ततः दुवै शक्तिले भाउ नदिएका हुन् ।

त्यसअघि एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले राष्ट्रिय सभा निर्वाचनमा एमाले र कांग्रेस मिल्नुपर्ने बताएका थिए । तर, लगत्तै कांग्रेसले नेकपासँग समानान्तर छलफल अगाडि बढाएपछि एमाले अध्यक्ष ओली प्रचण्डलाई भेट्न अग्रसर भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.