अन्तिममा गठबन्धन गर्नबाट किन पछि हटे प्रचण्ड?

डिसी नेपाल
२३ पुष २०८२ १४:०५
2.8k
Shares

काठमाडौं। गएको पुस १४ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेट भयो। स्रोतका अनुसार यो भेटमा दुवै दल गठबन्धन गरेर राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने विषयमा छलफल भएको थियो।

यसको केही दिनअघि नेकपा एमालेको एक कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष रामबहदुर थापा बादलले एमाले र कांग्रेस मिलेर राष्ट्रिय सभाको निर्वाचनमा जानुपर्ने बताएका थिए। एमाले अध्यक्ष ओलीसमेत उपस्थित सो कार्यक्रममा बादलले बोलेका कुरालाई बादलको मुखबाट ओलीले नै कांग्रेस सभापति शेरबहादुर देउवालाई सन्देश पठाएको रुपमा अर्थ लगाइएको थियो।

त्यही समयमा कांग्रेस सभापति देउवा र माओवादीका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो। उनीहरुले पनि आगामी राष्ट्रिय सभामा गठबन्धन गरेर जाने विषयमा छलफल गरेको बताइएको थियो। देउवालाई भेटेलगत्तै प्रचण्डले ओलीलाई भेट्नुलाई देउवाको सन्देश बोकेर प्रचण्ड ओलीकहाँ गएको रुपमा समेत अर्थ लगाइएको थियो।

यी भेटघाटको केही दिनपछि अघिल्लो हप्ता एकाएक ‘महागठबन्धन’ चर्चामा आयो। कांग्रेस, एमाले, नेकपा र अन्य पुराना दलहरु मिलेर महागठबन्धन बनाएर निर्वाचनमा जाने कुरालाई समर्थन गर्दै पुराना दलका केही नेताहरुले अभिव्यक्ति पनि दिए। तर, एक्कासी प्रचण्डलाई एक्लै छाडेर ओली देउवाले गठबन्धन गर्ने निर्णय गरेपछि यसमा भारतले चलखेल गरेको आशंका गरिएको छ।

प्रचण्ड गत आइतबार भारत गएका थिए। त्यतिबेलासम्म पुराना दलहरुको महागठबन्धन गर्ने कुरा छलफलमै थियो। महागठबन्धनमा कांग्रेस र एमालेलाई ७-७ सिट र नेकपालाई ४ सिट दिने भनिएको थियो। मधेशकेन्द्रित दललाई समेत समेट्ने सवालमा एमाले र कांग्रेसले १-१ सिट छोडेर मधेशकेन्द्रित दललाई दिने विकल्प पनि अघि सारिएको थियो।

प्रचण्ड भारत गएपछि भने एकाएक महागठबन्धनको कसरत नै सेलायो। प्रचण्ड भारतबाट फर्केसँगै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा समेत भारत गइन्। उपचारको वहानामा दिल्ली गएकी आरजूले त्यहाँ राजनीतिक भेटघाट गरेको बताइएको छ।

त्यसलगत्तै महागठबन्धन बन्न सकेन र नेकपा एक्लै चुनाबमा जाने भएको छ। यसले दिल्लीमा केही खिचडी पाकेको र त्यही कारणले महागठबन्धन बन्न नसकेको दाबी गरिएकाे छ।  भारतमाथि नेपालमा स्थिर सरकार  नचाहेकाे आरोप लाग्ने गरेको छ।।

नेपालमा अस्थिरता भइरहँदा यहाँ आफू अनुकूलको सरकार बनाउन पाइने भएकोले भारत नेपालमा सत्तँ परिवर्तनको खेलमा सक्रिय रहन्छ। तर, पुराना दलको महागठबन्धन र नयाँ दलहरुको छुट्टै गठबन्धन बन्दा नेपालमा दुई पक्ष मात्र हुने र एउटाको बहुमत आउृने स्थितिमा नेपालमा स्थिर सरकार बन्ने आशंकामा भारतले नै महागठबन्धन बन्न नदिएको दावी गरिएको छ।

यो पनि पढ्नुस्

ठूलो भाग खोज्दै ‘डबल गेम’ खेल्दा यता न उता भए प्रचण्ड, अन्तिममा हात रित्तै




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.