स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट

डिसी नेपाल
२३ पुष २०८२ १९:५७
40
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरि बासले शिष्टाचार भेट गरेका छन्।

आज मन्त्रालयमा आयोजित भेटमा उनीहरुबीच नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोगको आदानप्रदानका विषयमा विस्तृत छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

भेटमा स्वास्थ्यमन्त्री गौतमले इजरायलले आपतकालीन सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा हासिल गरेको प्रगति उल्लेख गर्दै यस किसिमको सहयोगले नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्न सहयोग पुग्ने बताइन्।

राजदूतले बासले नेपालको विपद् व्यवस्थापनको प्रणालीगत विकास गर्न इजरायल सरकारले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.