बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ
काठमाडौं । प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२ बस्ने ३४ वर्षीय अमन महर्जन रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। पीडितहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।
मध्यपुर थिमि–२ बाट पक्राउ परेका महर्जनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment