शङ्खरापुर बस दुर्घटना अपडेट : चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

डिसी नेपाल
२३ पुष २०८२ २२:४९
148
Shares

काठमाडौं। काठमाडौको शङ्खरापुर नगरपालिका३ मा आज साँझ भएको बस दुर्घटना परी चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् मृतक तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दि

ले भने, बस दुर्घटनामा अहिलेसम्म मृतकको सङ्ख्या चार पुगेको छ घाइते २२ जना छन् घाइतेको उपचार भइरहेको छ आज साँझ शङ्खरापुर नगरपालिका३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो

घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.