नेपाली कांग्रेसको विवाद निर्वाचन आयोग पुग्यो
काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको विशेष महाधिवेशन विवादबारे निर्वाचन आयोगलाई पत्राचार गरिएको छ । पत्रमा पार्टी विधान अनुसार माग गरिएको विशेष महाधिवेशन गर्न/गराउन पार्टी सभापति तथा कार्यवाहक सभापतिलाई निर्देशन दिन माग गरिएको छ ।
‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ लाई उद्धृत गर्दै वोशेष महाधिवेशन पक्षधरहरूले कानुनअनुसार गर्न सभापति, कार्यवाहक सभापति र केन्द्रीय कार्यसमितिलाई निर्देशन दिन’ माग गर्दै पत्र लेखेका हुन् ।
पत्र पहिले नै लेखिएको भए पनि निर्वाचन आयोगले भने अझैसम्म कुनै कारवाही नगरेको विशेष महाधिवेशन पक्षधरले आरोप लगाएका छन् । पत्र पुस १६ गते पत्र लेखिएको बताइएको छ । ९ दिन बितिसक्दा पनि निर्वाचन आयोगले कुनै प्रक्रिया अघि नबढाएको उनीहरूको आरोप छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment