रुखको हाँगाले लागेर महिलाको मृत्यु

डिसी नेपाल
२५ पुष २०८२ २२:४५
52
Shares

गाईघाट (उदयपुर) । रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका७ हाङबजारकी एक महिलालाई रुखको हागाले लागेको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचान अधिकारी केदारमान दोङका अनुसार रुखको हाँगाले लागेर चौनपा७ की ४२ वर्षीय नमिता राईको मृत्यु भएको हो। आज बिहान १० बजे स्थानीय पञ्चमी सामुदायिक वनमा रुख ढाल्ने क्रममा राईलाई रुखको हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएकी थिइन्।

बेल्टार नगर अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राईको शव परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको सूचान अधिकारी दोङले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *