शहरी बिकास मन्त्रीले ग्रहण गरे पदभार
काठमाडौं । शहरी विकासमन्त्री कुमार इङ्नामले शुक्रबार पदभार ग्रहण गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहनुभका इङ्नामलाई शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी तोकिएपछि शुक्रबार मन्त्रालयमा पुगेर उहाले पदभार ग्रहण गरेका हुन्।
शहरी विकास पुग्दा मन्त्री इङ्नामलाई मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल लगाएतका अधिकारीहरुले स्वागत गरेका थिए। सो क्रममा मन्त्री इङ्नामले बजेटको अधिकतम सदूपयोग गर्नेगरि काम गर्न निर्देशन दिए।
कुलमान घिसिङले राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले घिसिङले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरूलाई दिएकी थिइन्। जस अनुसार ऊर्जा मन्त्रालयको कार्यभार उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभारसमेत वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई र सहरी विकास मन्त्रालयको कार्यभार इङ्नामले सम्हाल्ने गरी तोकिएको छ।







डिसी नेपाल








Facebook Comment