चौतर्फी आलोचनापछि पछि हटे खेलकुदमन्त्री गुप्ता

डिसी नेपाल
२६ पुष २०८२ ७:०९
336
Shares

काठमाडौं। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने कार्यक्रम स्थगित गरेका छन्। मन्त्री गुप्ताका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता अमेरिका नजाने तय भएको जानकारी दिएका छन्।

उनका अनुसार समय अपुग भएकाले मन्त्री गुप्ता अहिलेका लागि अमेरिका नजाने तय भएको हो। उनले भने, ‘एक त क्याबिनेटबाट निर्णय हुन ढिलाइ हुन पुग्यो । त्यसपछि पनि जाने नजाने भन्ने ठोस निर्णय हुन बाँकी थियो। अहिले आएर मन्त्री गुप्ताले भिसाका लागि आवेदन नै दिनुभएन। सो कारण अब जान सम्भव छैन।’

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोष्ट जेन-जी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई अमेरिका जान स्वीकृति प्रदान गरेको थियो।

कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको थियो । तर, सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए-अमेरिकाले मन्त्री गुप्तालाई बोलाएको छैन भनेर विज्ञप्ति जारी गरेपछि मन्त्री गुप्ता अमेरिका जाने कार्यक्रम विवादित बनेको थियो ।

हिमालय टाइम्स दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *