‘विशेष महाधिवेशनले एकताको सन्देश दिनेछ’

डिसी नेपाल
२६ पुष २०८२ १७:१४
32
Shares

काठमाडौँ। नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका अग्रज पत्रकारहरूले कांग्रेसको विशेष महाधिवेशनप्रति ऐक्यबद्धता जनाएका छन्।

नेपाली कांग्रेस विशेष महाधिवेशन मिडिया सेन्टर आयोजना गरेको विशेष महाधिवेशन सन्दर्भको परामर्श कार्यक्रम बोल्ने पत्रकारहरूले कांग्रेसको आइतबारबाट शुरू हुने विशेष महाधिवेशनमा ऐक्यबद्धता जनाउँदै एकताको सन्देशमा जोड दिएका छन्।

प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले विशेष महाधिवेशनले नीतिमा सामुहिकता बनाउन जोड दिए। त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले नेपाली कांग्रेसमा राष्ट्रियता परिपक्क नीति अपनाएको भन्दै सही नीतिलाई नेतृत्व गर्ने सही नेता आउनुपर्नेमा जोड दिए।

त्यसैगरी प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तुफानले कांग्रेसको विधान धारा १७ (२)ले राजनीतिक संस्कारलाई बोकेको भन्दै यसलाई सहज रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए।

प्रेस युनियनका सल्लाहकार तेजप्रसाद पण्डित,अनिता बिन्दू, दामोदरप्रसाद दवाडीले विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने भाष्य स्थापित पार्न खोजेका भन्दै यस प्रयत्नलाई निस्तेज सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए।

युनियनका उपाध्यक्ष जीवन भण्डारीले सुझावका रूपमा उक्त कार्यक्रमको आयोजना गरिएको भन्दै विशेष महाधिवेशनको मिडिया सेन्टरमार्फत सत्यतथ्य समाचार उपलब्ध गराइने बताए। कार्यक्रम युनियनका महासचिव दिलिप पौडेलले सहजीकरण गरेका थिए। कार्यक्रममा अग्रज पत्रकार होमनाथ दाहालको निधनमा शोक व्यक्त गर्दै एक मिनेट मौनधारणा गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.