विश्वप्रसिद्ध प्रशिक्षक राठोरले नेपाली उद्यमीलाई प्रशिक्षण दिने
काठमाडौं। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिजनेश प्रशिक्षक एवं मोटिभेस्नल स्पीकर भूपेन्द्रसिंह राठोरले नेपालका युवाहरुहरुलाई व्यवसाय, नेतृत्व र बिक्री क्षमतामा रुपान्तरण ल्याउने सन्दर्भमा प्रशिक्षण दिने भएका छन्।
ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपको आयोजनामा हुन लागेको ‘सेल्स बुस्टर २.०’ कार्यक्रममा राठोरले १ हजार ५ सयभन्दा बढी नेपाली युवा उद्यमी, व्यवसायी र विद्यार्थीहरुलाई प्रशिक्षित गर्न लागेका हुन्।
माघ १६ गते भक्तपुरको जर्मन होम्समा आयोजना हुने ‘सेल्स बुस्टर २.०’ का प्रशिक्षक राठोर ‘थिंक रिच ईण्डिया’ का संस्थापक हुन्। उनले हालसम्म नेतृत्व क्षमता, व्यवसायिक रुपान्तरण र जीवनशैली रुपान्तरण सम्बन्धमा एक करोडभन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष प्रशिक्षण दिइसकेका छन्।
आयोजक ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपका कार्यकारी अध्यक्ष हरि डुम्रेका अनुसार नेपाली युवा विद्यार्थी, उद्यमी र व्यवसायीकै अत्यधिक मागका आधारमा विश्वविख्यात प्रशिक्षक राठोरलाई नेपाल ल्याउन लागिएको हो।
‘नेपालीहरुको उद्यमलाई विस्तार गर्न, व्यवसायिक सीप बढाउन र बजारमा प्रभाव बढाउने उपायहरु सिकाउन विश्वभर सर्वाधिक खोजिनेमध्येका एक प्रशिक्षक भूपेन्द्रसिंह राठोरलाई नेपालमा स्वागत गर्दैछौं। धेरै सहभागिले जीवनउपयोगी लाभ लिनुहुनेछ’, डुम्रेको भनाई छ।
‘सेल्स बुस्टर २.०’ ले मुख्य गरेर मार्केटिङ सम्बन्धित व्यवसायमा आवद्धहरुलाई व्यवहारिक सीप, सकरात्मक सोच र रणनीतिक दृष्टिकोण प्रदान गर्ने आयोजकको विश्वास छ। सहभागिहरुले ग्राहकको मनोविज्ञान बुझाई, बिक्री मानसिकता विकास, सशक्त सञ्चार सीप, तनाव तथा द्वन्द्व व्यवस्थापन सीप, कार्यस्थल अनुशासन र व्यवसायिक व्यवहार लगायतका विषयमा ज्ञान हासिल गर्नेछन्।
सहभागिले प्रमाणपत्रसँगै ज्ञान अभिवृद्धिमा मद्दत पुर्याउने स्टेशनरी र किट ब्याग प्राप्त गर्ने आयोजकले जनाएको छ। तालिममा सहभागिताका लागि खल्ती बाई आइएमई एपबाट टिकट लिन सकिन्छ।







डिसी नेपाल








Facebook Comment