काठमाडौं । दोस्रो विशेष महाधिवेशनको बीचमै नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्दैछ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो विशेष महाधिवेशन जारी रहँदै गर्दा केन्द्रीय कार्यसमिति बैठक बोलाइनु राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनमा पार्टीको विधान संशोधन, नीति, नेतृत्व र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
महाधिवेशनकै बीचमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनका एजेन्डा, भावी रणनीति तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा महत्त्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ ।

डिसी नेपाल

Facebook Comment