देउवालाई हटाउने औपचारिक प्रक्रिया सुरू, विशेष महाधिवेशनले केसीको नेतृत्वमा निर्वाचन समिति बनायो
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनले पार्टी को केन्द्रीय समिति भंग गरेर नयाँ कार्यसमितिको निर्वाचन गर्ने औपचारिक प्रक्रिया सुरू गरेको छ । यसका लागि विशेष महाधोवेशनले नयाँ निर्वाचन समिति गठन गरेको छ ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा अशोक पोखरेल, गोकर्ण बञ्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।
भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ । बन्द सत्रले अब नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ समितिले निर्वाचनको प्रक्रिया अघि बढाउनेछ । यसैबीच संस्थापन पक्षसँग वार्ता पनि चलिरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment