कांग्रेसको नयाँ नेतृत्व छान्न आज राति ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

डिसी नेपाल
२९ पुष २०८२ १३:५३
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज राती ९ बजे मतदान हुने भएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आज राती ९ बजेदेखि मतदान सुरु हुने जनाएको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ । मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ । दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

यस्तै उम्मेदवारीतर्फ दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ता हुनेछ । साढे ४ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ । ५ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्न पाइनेछ । छानबिन र उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले मनोनयन फिर्ता गर्ने समय साढे ८ बजेसम्म हुनेछ । साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.