पत्रकार महासंघ काठमाडौंकाे कार्यबाहक अध्यक्षकाे जिम्मेवारी रानालाई
काठमाडौं। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यबाहक अध्यक्षकाे जिम्मेवारी उपाध्यक्ष हेमबहादुर राना (कमल) ले पाएका छन्।
अध्यक्ष शाेभा अर्यालले बिहीबारदेखि लागू हुनेगरी एक महिनाका लागि उनलाई कार्यबाहक अध्यक्षकाे जिम्मेवारी दिएकी हुन्। रानाले बुधबार नै कार्यबाहक अध्यक्षकाे जिम्मेवारी सम्हालेका छन्।
अध्यक्ष अर्यालले आफू एक महिना अध्ययन बिदामा बस्नुपरेकाले आवश्यक निर्णयहरु तथा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नका लागि कार्यबाहक अध्यक्षकाे जिम्मेवारी दिइएको बताइन्।
कार्यसमितिका पदाधिकारीहरुकाे नेतृत्व विकासमा पनि यश कामले सघाउ पुग्ने उनले बताइन्। कार्यबाहक अध्यक्ष रानाले अध्यक्षकाे अनुपस्थितिमा आइपर्ने कामहरु गर्न आफू तयार रहेको भन्दै कार्यसमितिसँगकाे सल्लाहमा कार्य सम्पादन गर्ने बताए।







डिसी नेपाल








Facebook Comment