बसको ठक्करबाट एक जनाको मृत्यु

डिसी नेपाल
२० फागुन २०८२ २०:२२
456
Shares

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

आज दिउँसो काठमाडौंबाट मरिणतर्फ आउँदै गरेको बा४ख ३८९४ नम्बरको बसले सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज१०प ९२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुवेदीकाअनुसार बसको ठक्कर पछि गम्भीर घाइते भएका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ वितिजोरका स्कुटर चालक ३५ बर्षीय चन्द्र श्रेष्ठलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेको थियो।

प्रहरीले बस चालक हरिहरपुरगढी गाउँपालिका–५ का राजकुमार माझीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *