देउवा कांग्रेसले आधिकारिकता दाबी गरेपछि गगन कांग्रेसको ध्यानाकर्षण
काठमाडौं । देउवा पक्षको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारीले आज निर्वाचन आयोग गएर आफूहरू आधिकारिक भएको दाबी गरेपछि विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले आपत्ति जनाएको छ ।
नयउँ निर्वाचित कार्यसमितिका प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् । उनले केही महाअधिवेशन प्रतिनिधिहरूले दस्तखत फिर्ता लिएको भन्ने केहि संचारमाध्यमहरूमा प्रचार भएको देखिएको भन्दै त्यसबारे स्पष्ट पार्न थप जानकारी सार्वजनिक गरिएको बताएका छन् ।
यस्ता छन् गगन कांग्रेसका दाबीहरू
१. दर्ताको समयमा दस्तखतको स्थिति
विशेष महाअधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २,४८८ जना महाअधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो। दर्तापछि केवल २९ जना ले हस्ताक्षर फिर्ता लिएका थिए।
२. अधिवेशनमा उपस्थिति र सक्रिय सहभागिता
अधिवेशनमा कुल महाअधिवेशन प्रतिनिधि संख्या ४,६३५ मध्ये २,६५२ जना महाअधिवेशन प्रतिनिधि उपस्थिति रहेको थियो । उपस्थित सबै प्रतिनिधिहरूले निर्णय प्रक्रियामा पूर्ण रूपमा भाग लिए र मतदान/बहसमा सक्रिय सहभागी भए।
३. अधिवेशन सम्पन्न भएपछि फिर्ता लिइएको दाबीको कानुनी/वैधानिक प्रभाव
अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने हस्ताक्षरले विशेष महाअधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयहरूको वैधतामा कुनै प्रभाव पार्दैन। नेपालको संविधान, नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एकपटक वैधानिक रूपमा दर्ता भई सम्पन्न भएको अधिवेशनको निर्णयलाई पछिको हस्ताक्षर फिर्ताले रद्द वा प्रभावित गर्न मिल्दैन।
४. केही दस्तखतहरू फिर्ता भएको भनिएको प्रचारको विश्वसनीयता र आधार
दस्तखत फिर्ता लिएको भनिएको समय, संख्या (जस्तै: २९ भन्दा धेरै दाबी) र व्यक्तिहरू को कुनै आधिकारिक सूची, प्रमाणित कागजात वा सत्यापित विवरण सार्वजनिक रूपमा उपलब्ध छैन। यो प्रचार राजनीतिक प्रचारात्मक प्रयोजन र सार्वजनिक धारणा प्रभावित गर्नका लागि मात्र फैलाइएको अतिरञ्जित/भ्रामक दाबी हो भन्ने स्पष्ट छ।







डिसी नेपाल








Facebook Comment