कांग्रेस विभाजनले एमालेमा भूकम्प, गुण्डु रातभर अनिदो

डिसी नेपाल
३ माघ २०८२ १०:५८
2.5k
Shares

काठमाडौं । देशको सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेस विभाजनले अर्को प्रमुख दल नेपाली कांग्रेसमा हलचल मच्चिएको छ । कांग्रेसमा आफूनिकट पक्षले आधिकारिकता पाउने आशा र विश्वासमा बसेको एमाले नेतृत्व आफूले चाहेअनुसारको परिणाम नआएपछि गएराती निदाउन सकेन

कांग्रेसको पुरानो नेतृत्वले आधिकारिकता पाउने र आगामी प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गरेरसमेत जान सकिने तानाबाना बुनेको एमाले नेतृत्व निर्वाचन आयोगले हिजो गरेको निर्णयबाट झस्किएको छ ।

हिजो एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘कांग्रेसमा महाधिवेशन बोलाउने थिति होला नि ?’ भन्दै प्रशन गर्नु र कांग्रेसको नयाँ नेतृत्वलाई ‘सडकबाट घोषणा गरिएको’ टिप्पणी गर्नुबाट एमालेको नियत र चाहना प्रष्ट झल्लिन्थ्यो ।

कांग्रेसको नयाँ नेतृत्वले मान्यता पाएपछि सघन छलफलमा जुटेको एमालेको अघोषित हेडक्वार्टर गुण्डु हिजो राती १ बजेसम्म अनिदो बस्यो । प्रत्यक्षतर्फका एमाले उम्मेदवार तय गर्न आज सचिवालय बैठक बोलाएको एमाले हिजो अचानक सम्भावित सहकार्यको सम्भावना टुटेपछि छलफलमा जुटेको हो ।

शुक्रबार रातिको छलफलमा अध्यक्ष ओलीसहित उपाध्यक्षहरु विष्णु पौडेल, रामबहादुर थापा (बादल) र महासचिव शंकर पोखरेल थिए । बैठकमा प्रतिनिधि सभामा सहकार्यका लागि देउवा र ओलीबीचको समझदारिलाई नयाँ कांग्रेससँग पनि जारी राख्ने प्रस्ताव गर्ने वा स्थगित गर्ने भन्नेबारे छलफल भएको स्रोत बताउँछ ।

यसबाहेक कांग्रेस नेतृत्वव परिवर्तनपछि राष्ट्रिय सभामा कांग्रेससँगको सहकार्यमा उठेका एमाले उम्मेदवारलाई हुन सक्ने जोखिमबारे पनि छलफल भएको थियो । कांग्रेससँगको सहकार्य टुट्ने अवस्थामा कम्युनिस्ट गठबन्धनको सम्भावनाबारे पनि छलफल भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.