पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधिमा लैजाने गगन थापाको प्रतिबद्धता

डिसी नेपाल
४ फागुन २०८२ १०:५१
4
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले अवको पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै सभापति थापाले अवको ५ वर्ष भित्रमा चार खर्ब आइटी तथा डिजिटल प्रविधिको निर्यात गर्न सकिने कुरा सम्भव रहेको समेत बताएका हुन्।

‘अवको ५ वर्ष भित्रमा चार खर्ब आइटी तथा डिजिटल प्रविधिको निर्यात गर्न सकिने कुरा सम्भव रहेको छ। नेपालमै २ लाख भन्दा बढिलाई प्रयक्ष्य रोजगार दिन सकिने सकिन्छ,’ उनले भनेका छन्।

उनले नेपालमै दुई लाख भन्दा बढिलाई प्रयक्ष रोजगार दिन सकिने बताए। कम्तीमा तीनदेखि पाँचवटा आईटी कम्पनी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने अवस्था पाँच वर्षभित्र अहिलेको हाम्रो आधार भएकाले प्रयोग गर्यो भने सुधार हुने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *