पूर्व सभापति शेरबहादुर देउवालाई धन्यवाद दिने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाप्रति आभार प्रकट गर्ने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको आज बसेको बैठकले देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा आभार व्यक्त गरेको हो ।
‘शेरबहादुर देउवाज्यूले लामो समयसम्म पार्टीको नेतृत्व गर्नुभयो । बैठकले उहाँप्रति हार्दिक आभार व्यक्त गर्ने निर्णय गरेको छ,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता देवराज चालिसेले भने, ‘उहाँबाट अभिभावकीय भूमिका निर्वाह गर्नुहुने विश्वास बैठकले लिएको छ ।’
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment