जन्मदिनमा डाक्टर रमिल अधिकारीले गरे आर्थिक सहयोग

डिसी नेपाल
३ माघ २०८२ १९:४४
108
Shares

काठमाडौं । सरल जीवन विताउन रुचाउने समाजसेवी हुन् न्यूजल्याण्ड निवासी डाक्टर रमिल अधिकारी।

हरेक वर्ष आफ्नो र आफ्ना सन्ततीको जन्मदिनमा कसै न कसैलाई सहयोग गर्न रुचाउने डाक्टर अधिकारीले आफ्नो जन्मदिनको अवसरमा अशक्त प्रेमराज अधिकारीको परिवारलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

आफ्नो हरेक वर्षको जन्मदिनको अवसरमा सहयोग गर्दै आएका डाक्टर अधिकारीले यो वर्ष फरक क्षमता भएका दृष्टिविहीन प्रेमराजलाई उक्त रकम सहयोग गरेका हुन्।

प्रेमराज आफैँमा एक अदृश्य रोग, रेटिनाइटिस पिग्मेन्टोसाबाट पीडित छन्। त्यस्तै उनका दुई छोराहरू १९ वर्षका आरम्भ र १४ वर्षका अध्याय ड्युचेन मस्कुलर डिस्ट्रोफी ‘डिएमडी’रोगबाट ग्रसित छन्। उनीहरू अस्पतालको सैय्यामा नै आफ्नो जीवन व्यतित गर्न बाध्य छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *