आज श्री वल्लभ जयन्ती पनि मनाइँदै
काठमाडौं । आज श्री वल्लभ जयन्ती पनि हो, हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारसँगै श्री वल्लभ जयन्ती पनि मनाइन्छ ।
आचार्य श्री वल्लभ एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए । श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गरेका छन् ।
जस मध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र आदीलाई उनको चर्चित रचनाहरूको रूपमा स्मरण गरिन्छ । त्यसबाहेक श्री वल्लभले संस्कृत भाषामा भएका थुप्रै ग्रन्थहरूलाई सर्वसाधारणले बुझ्न सहज हुने गरी सरल भाषामा अनुवाद गरेका छन् ।
सानो उमेरदेखि नै प्रतिभाशालि श्री वल्लभले तेह्र वर्षको उमेरमा वेद–वेदांग आदि जस्ता सबै धर्मशास्त्रहरूको पूर्ण अध्ययन गरिसकेका थिए ।
श्री वल्लभले शङ्कराचार्यको उपदेशहरूको खण्डन गर्दै ब्रह्माले पनि यो जगतको सत्यता नबुझेको भनी बताएको कारण उनका दार्शनिक सोचलाई ‘शुद्ध द्वैत’ पनि भनिने गरिन्छ ।
उनको दार्शनिक सोचहरूबाट अति प्रेरित भएर त्यस बेलाको विजय नगरका राजाले श्री वल्लभलाई श्रीमद् आचार्यको उपाधिले विभूषित गरेका थिए । त्यस बेला देखि नै श्री वल्लभ महाप्रभु वल्लभाचार्यको रूपमा प्रतिष्ठित रहेका छन् ।







डिसी नेपाल








Facebook Comment