वीरगञ्ज भन्सारद्वारा छ महिनामा एक खर्ब १६ अर्ब राजस्व सङ्कलन

डिसी नेपाल
५ माघ २०८२ २२:२८
12
Shares

वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक खर्ब १६ अर्ब ५८ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १२ अर्ब एक करोड बढी राजस्व सङ्कलन गरेको हो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै हुने राजस्व सङ्कलन उत्साहजनक भएको बताए।

कार्यालयले गत साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन गरेको थियो। त्यसैगरी कात्तिकमा रु १७ अर्ब ३३ करोड र मङ्सिरमा भने रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको छ।

पुसमा पनि रु २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.