भावी प्रधानमन्त्रीः दुईमध्ये एकको हार निश्चित !
काठमाडौं । राजनीतिक दलले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाएका छन् । सबैजसो दलले सोमबार अबेरसम्म लगाएर टुंगो लगाएको उम्मेदवारी हेदा ‘हेभिवेट’ भीडन्त भने रोचक हुने देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भावी प्रधानमन्त्रीका लागि अघि सारेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ वाट मैदानमा उत्रने भएका छन् ।
दुवैको एउटै निर्वाच्न क्षेत्र भएका कारण भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका दुईमध्ये एक जनाको हार निश्चित बनेको छ । काठमाडौं महानगरपालिका प्रमुखबाट राजीनामा दिएर रास्वपाका तर्फबाट चुनावी अभियानमा होमिएका शाहले सोमबार जनकपुरमा आयोजित आमसभामा मैथिली भाषामा भाषण गर्दै आफूलाई भावी प्रधानमन्त्री र मधेशी मूलको पहिलो प्रधानमन्त्रीका रूपमा घोषणा गरे ।
घोाषणालगत्तै उनी झापा पुगेका छन् भने जेनजी आन्दोलनपछि पहिलोपटक उपत्यका छाडेका ओली पनि झापा पुगिसकेका छन् । उनले रास्वपाका शाहले आफूलाई हराउने सन्दर्भलाई ‘वाहियात’ भनेर सार्वजनिक टिप्पणी नै गरेका छन् । झापा–२ मा पनि निर्वतमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरबीच रोचक भीडन्त हुने तय भएको छ ।
घिमिरे एमाले र मगर रास्वपाबाट मैदानमा उत्रँदै गर्दा २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर झिनो मतले पराजित अधिवक्ता स्वागत नेपाल यसपटक सोही क्षेत्रबाट राप्रपाका प्रत्यासी छन् । चितवन–३ को प्रतिस्पर्धा पनि रोचक हुने देखिएको छ । भरतपुर महानगरपालिकाकी रेनु दाहाल नेकपाबाट मैदानमा उत्रँदा रास्वपाले काठमाडौंबाट जितेकी सांसद सोविता गौतमलाई मैदानमा उतारेको छ ।
सो क्षेत्रमा राप्रपाका प्रभावशाली नेता विक्रम पाण्डे पनि यही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् । जुम्लामा २०७९ सालमा राप्रपाबाट सानदार जित निकालेका ज्ञानेन्द्र शाहीलाई समानुपातिक सांसद बनेकी बिनिता कठायतले टक्कर दिने भएकी छन् ।
चितवन छाडेर रुकुमपूर्व पुगेका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टक्कर दिन एमालेले केन्द्रीय सदस्य लिलामणि गौतमलाई अघि सारेको छ । निर्वातमान जिल्ला अध्यक्षसमेत रहेका गौतम युवा अनुहार हुन् ।







डिसी नेपाल








Facebook Comment