उम्मेदवारी दर्तापछि प्रचण्डको प्रतिक्रिया- यो प्रतिस्पर्धा अन्तिमपटक हुन सक्छ

डिसी नेपाल
६ माघ २०८२ १५:४९
36
Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वबाट मनोनयन दर्ता गराएसँगै अन्तिमपटक प्रतिस्पर्धा हनसक्ने बताएका छन्।

उनले भने, ‘रुकुम पूर्वको उम्मेदवार हुने अवसर मलाई प्राप्त भएको छ। म सांसद जित्नको लागि मात्रै रुकुम पूर्व आएको होइन। यो निर्वाचन मेरो लागि अन्तिम निर्वाचन पनि हुन सक्छ। तर, जनयुद्धमा ऐतिहासिक भूमिका खेलेको जिल्ला हो।’

उनले लावाङ बैठकले माओवादीको इतिहासमा एउटा महत्त्वपूर्ण बैठक भएको बताए। उनले लावाङ बैठकले पार्टीलाई शुद्धीकरण गर्ने, पार्टीलाई अझ क्रान्तिकारीकरण गर्ने कुरामा ऐतिहासिक भूमिका खेलेको बताए।

प्रचण्डले जनयुद्धका दिनहरू झलझली सम्झिरहेको बताए। प्रचण्डले आफू जहाँ गयो त्यहीँ पार्टीको हेडक्वार्टर हुने भएकाले अब पार्टी हेडक्वार्टर पूर्वी रुकुम भएको बताए। उनले निर्वाचनमा अरु क्षेत्र पनि जिताउनुपर्ने भएकाले आफूलाई देशभरि घुम्ने मौका पूर्वी रुकुमका जनताले दिनुपर्ने बताए।

उनले रोल्पाबाट सुरु भएको संसदीय यात्रा पाँच ठाउँमा पुगेको र अब सम्भवत: अन्तिम हुनसक्ने बताए। उनले भने, ‘यो आफैँमा एउटा रेकर्ड जस्तो बनेको छ। आधार इलाकाको रूपमा स्थापित रोल्पाबाट सुरु गरेर आधार इलाकाका पूर्वी रुकुममा आएर उम्मेदवार दिनु आफैँमा मेरो लागि गर्वको विषय भएको छ। यो अन्तिम निर्वाचन पनि हुनसक्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.