काठमाडौं ९ मा कांग्रेसबाट नानू बास्तोलाको उम्मेदवारी
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट नेपाली कांग्रेसका तर्फबाट नानू बास्तोला उम्मेदवार बनेकी छिन्। उनले मंगलबार मनोनयन दर्ता गराएकी छिन्।
बास्तोला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। उनी काठमाडौं ९ मा लोकप्रिय नेतृका रुपमा चिनिन्छिन्।
बास्तोलाले महिला सशक्तीकरण र सामाजिक कार्यमा समेत पहिचान बनाएकी छिन्।
उम्मेदवारी दर्तापछि उनले युवालाई साथ लिएर हिड्ने तथा अग्रजलाई सम्मान गर्ने आफ्नो अभियान रहेको औंल्याइन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment