गृहमन्त्रालयद्वारा ६ जिल्लाका सीडीओसहित ८ सहसचिव र उपसचिवको सरुवा
काठमाडौं ।गृह मन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठजना अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ।
असोज १२ गते सोमबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार ६ जिल्लाका सीडीओ र दुई जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ)हरूको हेरफेर गरिएको गृह मन्त्रालयले जनाएको छ।
शान्ति सुरक्षा, प्रशासनिक चुस्तता र नियमित कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले उनीहरूको सरुवा गरेको हो। निर्णय सार्वजनिक भएसँगै सम्बन्धित अधिकारीहरूलाई तोकिएको जिल्लामा खटिन निर्देशन दिइएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment